फिल्म ‘केजीएफ’ अभिनेता यश अहिले कन्नडमा मात्र नभइ संसारभर प्रख्यात छन् । ८ जनवरीमा उनको जन्मदिन थियो । उक्त मौकामा एक फ्यानको हरकतले उनलाई नराम्रोसँग हल्लाएको छ । यशलाई भेट्न नपाएपछि एक फ्यानले आत्महत्या गरेका छन् ।

मिडियो रिपोर्ट्सका अनुसार, रवि नामका एक २६ वर्षिय यी फ्यान, गारमेन्ट फ्याक्ट्रीमा काम गर्दथे । रवि, ‘केजीएफ’ अभिनेता यशको घरको बाहिर उनलाई हेर्न र भेट्न घन्टौं प्रतिक्षा गरेर बसेका थिए । पटक-पटक प्रयास गर्दा पनि उनी यशको घरभित्र जान सकेनन् ।

यशसँग भेट्न नपाएपछि उनकै घरको बाहिर रविले पेट्रोल खन्याएर आगो लगाए । घटनाको समयमा आसपास रहेका व्यक्तिले आगो निभाएर रविलाई विक्टोरिया अस्पतालमा भर्ना गराए । तर, हस्पिटल लैजान ढिलो भएका कारण उनको निधन भइसकेको थियो ।

रविको शरीर करीब ७० प्रतिशतसम्म जलिसकेको थियो । अन्ततः उनको निधन भयो । हरेक वर्ष रवि, यशको घरको बाहिर जान्थे र उनीसँग सेल्फी खिच्थे । यस वर्ष बरिष्ठ एक्टर अम्बरीशको निधनको कारण यशले बर्थडे सेलिब्रेट गरेका थिएनन् । जसकारण उनले आफ्ना जबरजस्त फ्यानसँग भेट्न पाएनन् ।

सुसाइडको बारेमा जानकारी पाएपछि ‘केजीएफ’ अभिनेता यश अस्पताल पुगेका थिए । उनले रविको परिवारलाई सान्त्वना दिएका थिए । उक्त दुखद घटनाको बारेमा बोल्दै यशले भने, ‘म मान्दिनँ कि रवि मेरो फ्यान हो । यो फ्यान्डम होइन । म आफ्ना फ्यानलाई अपिल गर्छु कि यस्तो कदम नउठाउनुस् ।’

‘मैले केही दिन अगाडि भिडियो सार्वजनिक गरेरै यस वर्ष जन्मदिन सेलिब्रेटी गर्दिनँ भनेको थिएँ । यो एकदम दुखद हो’, यशले भने । अस्पतालका बर्न वार्डका एचवडी डाक्टर केटी कमलेशले रविसँग भएको अन्तिम कुराकानीको बारेमा बताएका छन् । उनले भने, ‘रवि अन्तिम पटक पनि यशकै नाम लिइरहेको थियो ।’

For More videos Log on to Mazzako TV