माया प्रेम, मित्रता र एक्सनले भरिएको ‘रणवीर’ पोस्टर
सुशील सिटौला तथा प्रशान्त ताम्राकार अभिनित फिल्म ‘रणवीर’ को पोस्टर सार्वजनिक भएको छ । पछिल्लो समय सार्वजनिक गीत ‘तिरिमिरी तिरिमिरी तिन तारा’ मार्फत चर्चामा रहेको अबस्थामा निर्माण युनिटले फिल्मका केहि पोस्टरमा सार्वजनिक गरेको हो ।

सार्वजनिक पोस्टरमा फिल्मका लिड कलाकारहरु सुशील सिटौला, प्रशान्त ताम्राकार, सुबेक्षा खड्का, सुपुस्पा भट्ट प्रस्तुत छन् । फिल्म आउँदो माग १८ गतेबाट सार्वजनिक प्रदर्शन हुने तयारी छ । फिल्मको कथावस्तु अनुसार नै पोस्टर तयार गरिएको निर्माण युनिटको भनाइ छ ।

‘रणवीर’ कै लागि सुशीलले आफ्नो शारीरिक बनावटमा पनि परिवर्तन गरेका थिए । ६ महिनाको मेहनतपछि सुशील रणवीर बनेका हुन् । २०१२ मा मिस इन्टरनेशनल नेपालको टाइटल पाएकी सुबेक्षालाई यसै फिल्म मार्फत डेब्यु गर्दै्छिन् । फिल्ममा माया, मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ ।

फिल्मलाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् । यसमा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा रवि गिरी, नरेश पौडेल, हरिहर शर्मा, टिका पहाडी लगायतका कलाकारको पनि अभिनय छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । एकगीतमा बाबु श्रेष्ठको छायांकन छ ।
