मोदीको बायोपिकमा विवेक यस्तो देखिए
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक बन्ने भएको छ । उक्त बायोपिक/चलचित्रमा नायक विवेक ओवरायले मोदीको भूमिका निर्वाहा गर्नेछन् । चलचित्रको फस्टलुक हेर्दा दर्शकलाई विवेक ओवराय नै हुन् भनेर चिन्न मुश्किल पर्छ ।
सार्वजनिक पोष्टरमा लेखिएको छ–‘देशभक्ति नै मेरो शक्ति हो ।’ यो चलचित्रमा नरेन्द्र मोदीको चिया बेच्दाको संघर्षदेखि भारतको राजनीतिको शक्तिशाली पदमा आइपुग्दासम्मको कथा देखाइनेछ ।

सुरुमा यो चलचित्रका लागि बलिउड कलाकार परेश रावललाई अफर गरिएको थियो । यो चलचित्रलाई ओमंग कुमारले निर्देशन गरिरहेका छन् । भारतमा निर्वाचन नजिकिदै जाँदा मोदीको बायोपिकमा चलचित्र बन्न लाग्नुलाई प्रचारको नयाँ तरिका मानिएको छ ।
For More videos Log on to Mazzako TV