अभिनेता कर्मा अभिनयमा माहिर मानिन्छन् । कर्माले नेपाली फिल्मको अभिनयमा गम्भिर नबन्दा उनको करिअर खस्किएको भन्ने पनि सुनिन्छ । तर, कर्माको कामको तारिफ भने सधै हुन्छ । सुवास कोइरालाको निर्देशनमा तयार भएको सिनेमा गरुण पुराडमा कर्मालाई दर्शकले दोहोरो भूमिकामा देख्न पाउनेछन् ।

यो सिनेमाका उनी २५ बर्षको तन्नेरी यूवाको भूमिकामा पनि छन् भने ६० बर्षको पाको उमेरको पुरुषको भूमिकामा पनि छन् । कर्मालाई ६० बर्षको भूमिका गर्न भने गाह्रो भएको थियो । तर, पनि कथाले मागेअनुसार नै उनले काम गरेको निर्देशक कोइरालाले बताएका छन् । माघको ४ गतेबाट यो सिनेमा रिलिज हुँदैछ ।

सिनेमामा कर्माको साथमा लुनिभा तुलाधर, नाजिर हुसेन, प्रविण खतिवडा, प्रियंका सिंह ठकुरी लगायतका कलाकारको मुख्य भूमिका छ । कमेडी कथामा यो सिनेमा बनेको छ । कर्माको भूमिकालाई दर्शकले सिनेमा रिलिजपछि मन पराउने विश्वास गरिएको छ ।

For More videos Log on to Mazzako TV