बलिउड सुपरस्टार ऋतिक रोशन बिस्वको सबैभन्दा ह्यान्डसम व्यक्ति ब्यक्तीको रुपमा दर्ज भएका छन् । उनले बलिउडमात्र हैन हलिउडका एक्टर्सलाई समेत पछाडि छाडेका छन् ।

वर्ष २०१८ को एक लिस्टमा ऋतिक रोशनलाई एक यस्तो स्थान मिलेको छ, जुन सुनेर उनका फ्यान खुसीले झुम्नेछन् । एकपटक फेरि उनले साबित गरेका छन् कि उनी बलिउडका एकमात्र सुपरहिरो होइनन्, हलिउडका कयौं सुपरस्टारभन्दा पनि उत्कृष्ट छन् । उनी संसारकै सबैभन्दा ‘ह्यान्डसम हिरो’ घोषित भएका छन् ।
उनलाई दुनियाँको सबैभन्दा ह्यान्डसम र गुड लुकिङ सेलिब्रेटीको रुपमा चुनिएको छ । टाइम्सको एक खबरका अनुसार, हालैमा साल २०१८ को सबैभन्दा ह्यान्डसम हिरोको लिस्ट रिलिज गरिएको छ । यो लिस्टमा ऋतिकले हलिउडका ब्राड पिट र टम क्रूसलाई पछाडि छाड्दै पहिलो स्थान पाएका छन् ।

ऋतिक मात्र होइन साल २०१८ को सबैभन्दा ‘ह्यान्डसम हिरो’ को लिस्टमा बलिउडको एक नाम सामेल भएको छ । बलिउडका ‘दबंग’ सलमान खान टप १० मा सातौं स्थानमा छन् । यसअघि सन् २००४ मा यूएसएको पीपुल म्यागजीनले सलमानलाई दुनियाँको सातौं सबैभन्दा ह्यान्डसम पुरुष घोषित गरेको थियो ।

२०१८ का संसारका १० ह्यान्डसम हिरोको लिस्टमा क्रमशः ऋतिक रोशन, ब्राड पिट, गाडफ्रे जीए ओ, रोबर्ट प्याटिनसन, डेनजेल वासिङटन, उमर बोरकान टू द गाला, सलमान खान, नूह मिल्स, टम क्रूज र प्रिन्स विलियम छन् । पहिला पनि २०११ र २०१२ मा ऋतिकले एशियाको ५० सबैभन्दा सेक्सी पुरुषको लिस्टमा टप पोजिसन कब्जा गरेका थिए ।

For More videos Log on to Mazzako TV