फिल्म नचल्दै चर्चामा सुहाना

स्टार किड हुनुको एउटा फाइदा छ । त्यो फाइदा के हो भने, फिल्म गरेपनि नगरेपनि चर्चा हुन्छ । बलिउडका धेरै स्टार किडको चर्चा यसरी नै भएको छ । नेपालमा पनि केही स्टारका सन्तान फिल्ममा आएका छन् । यसमा पर्छिन् सुहाना थापा ।

अभिनेत्री झरना थापा र निर्माता सुनिल कुमार थापाकी छोरी सुहानाको चर्चा फिल्म रिलिज नहुदै हुन थालेको छ । सुहानाले अहिलेका स्टार अभिनेता अनमोल केसीसँग फिल्म ए मेरो हजुर ३ मा काम गरेकी छिन् । यो सिनेमाको एउटा गीतको केही तस्बिर मात्र बाहिरिएको छ । तर सुहानालाई नेपाली फिल्ममा आशालाग्दी हिरोइनको रुपमा हेर्न थालिएको छ ।

सुहानामा पनि हिरोइन झल्को आउन थालेको छ । उनको हिडाई, लवाइदेखि स्टाइलमा हिरोइन झल्को आउँछ । चैत्र २९ गतेबाट रिलिज हुने सिनेमाले सुहानाको आगामी बाटोको फैसला गर्नेछ ।











