सलामान खानले सन्चालन गर्दै आएको ‘बिग वोस’को १२ औं भारतिय संस्करण दीपिका कक्करले जितेकी छन् । ट्रफीसँगै उनले ३० लाख भारू नगद हात पारिन् । यसैगरी पुर्व राष्ट्रिय क्रिकेट टोलीका बलर श्रीशांतले दोश्रो स्थानमा चित्त बुझाउब बाध्य भए। दीपिका टेलिभिजन अभिनेत्री हुन्। उनी ‘ससुराल सिमरका’नामक टेलिसिरियलबाट चर्चित बनेकी थिइन्।

शनिवार राती अबेर भएको फाइनलमा दुवैलाई ‘ट्रफी कसले जित्नु पर्छ’ भन्ने प्रश्न सोधिएको थियो, ? दीपिकाले आफुले नै जित्नुपर्ने बताएकी थिइन भने श्रीशांतले भने दीपिकालाई संकेत गरेका थिए।

उपाधिको लागि अन्तिम ३ मा पुगेका अर्का प्रतिष्पर्धी दीपक ठाकुरले सेफ ल्याण्डिङ खोज्दै २० लाख रकम लिएर ट्रफीको रेसबाट बाहिरिएका थिए । २० लाख वा ट्रफीको रेस मध्येबाट २० लाख रकम छनोट गरेका दीपकले बहिनीको विवाहको लागि यस्तो निर्णय गरेको बताए । यो रकम विजेताले पाउने ५० लाखबाट ४० प्रतिशत काटेर दिइएको हो ।

दर्शक भोटिङमा दीपकले सर्वाधिक कम भोट पाएका थिए । सलमान खानले होस्ट गरेको फिनालेमा प्रतियोगी, निर्देशक रोहित सेट्टी, भारती सिंहलगायतले मनोरंजन दिएका थिए ।

प्रतियोगितामा ओर्जिनल र वाइल्ड कार्ड मार्फत २० जना प्रतिस्पर्धी छानिएका थिए । उनीहरु मध्ये टप ५ प्रतिस्पर्धीले १ सय ५ दिने यात्रा तय गरेका थिए ।

For More videos Log on to Mazzako TV