अभिनेता दिपकराज गिरीले अर्का निर्माता रोहित अधिकारीसँग मिलेर सिनेमा खेल्न लागेका छन् । दिपकराज गिरीले शत्रु गतेपछि बाहिरी ब्यानरको सिनेमामा काम गर्न लागेका छन् । तर, यसपटक दिपकराज गिरीको काम गराइको तरिका भिन्न छ । यही भिन्न शैलीका कारण पनि दिपकराज गिरीको स्टारडमको चर्चा सुरु भएको छ ।

दिपकराज गिरीले रोहित अधिकारी फिल्मस्सँग मिलेर काम गर्न लागेको सिनेमामा उनले पारिश्रमिक लिने छैनन् । तर, यसपटक भने उनी नाफाको ग्यारेन्टी गर्दै प्रतिशतमा होमिएका छन् । दिपकले यो सिनेमाका लागि ५० प्रतिशत नाफाको हिस्सा लिनेछन् । नेपालमा यस्तो खालको जोखिम उठाउन कलाकारहरु तयार छैनन् ।

तर, दिपकले पहिलो पटक यो जोखिम उठाउन खोजेका छन् । सिनेमाले जति नाफा कमाउँछ, त्यसको ५० प्रतिशत लिनका लागि दिपक तयार भएका हुन् भने रोहित पनि दिनका लागि तयार भएका हुन् ।

For More videos Log on to Mazzako TV