निखिलको एक्सन प्रदान ‘भिलेन’ ट्रेलर (भिडियो)
एक्सन अभिनेता निखिल उप्रेती स्टारर फिल्म ‘भिलेन’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा निखिल उप्रेती मधेशी अवतारमा प्रस्तुत छन् । प्रेममा परिवार भिलेन बन्दा उत्पन्न हुने परिस्थिति नै फिल्मको कथा बुझ्न सकिन्छ । फिल्म मुख्य नायिकाका रुपमा शिल्पा पोख्रेल छिन् । फिल्ममा कपिल खत्रीको पनि लिड अभिनय छ । फिल्ममा निखिलको प्रेमिकाको भूमिकामा निशा अधिकारी छिन् । पुष २७ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ ।

द ग्लोबल पिक्चर प्रा.लिको ब्यानरमा कपिल खत्री प्रस्तुतकर्ता रहेको ‘भिलेन’ लाई बलबहादुर श्रेष्ठ सितलले निर्माण गरेका हुन् । फिल्ममा दिपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माताको रुपमा रहेका छन् । राजकुमार श्रेष्ठ सह(निर्मातामा छन् ।
फिल्ममा मौनता श्रेष्ठको लेखन, सौरभ लामा, मदन कस्यप घिमिरेको छायांकन, बसन्त सापकोटा, बाबु गिरि, लालकुमार बरालको संगीत, शुक्रराज शाहको द्वन्द्व छ । अभिनेता निखिल गत वर्ष प्रदर्शनमा आएको फिल्म ’पिंजडा ब्याक अगेन’ पछि पर्दामा फर्किएका हुन् ।








