अभिनेता रविन्द्र झालाई नेपाली फिल्मका अहिलेका सफल चरित्र अभिनेताको रुपमा मानिन्छ । रविन्द्रलाई नेपाली फिल्मका हरेक निर्माताले छोटो भूमिकामा भएपनि आफ्नो सिनेमामा खेलाउन चाहन्छन् । तर, रविन्द्र भने सधै नै एउटै प्रकारको भूमिकामा काम गर्दा गर्दा वाक्क भएका रहेछन् ।

यसैले पनि उनले आफूलाई फरक भूमिकामा चुनौती दिन निर्मातालाई आग्रह गरेका छन् । न यता न उता सिनेमामा डनको भूमिकामा काम गरेका रविन्द्रले आफूलाई फरक भूमिकामा पनि काम गर्न सक्छ भनेर वुझिदिन निर्मातासँग आग्रह गरेका छन् ।

जात्रा सिनेमाबाट उदाएका रविन्द्रलाई यसपछि सधै नै एउटै प्रकृतिको भूमिकामा निर्माताले काम गराउँदै आएका छन् । रविन्द्रले फरक भूमिकामा काम गर्न पाएको खण्डमा आफू पनि उत्साहित हुने बताएका छन् ।

For More videos Log on to Mazzako TV