‘द कपिल शर्मा शो’फेरि आउँदै
चर्चित कमेडियन कपिल शर्मा फेरि एकपटक टेलिभिजनको पर्दामा दर्शक हँसाउन आउँदैछन्। अघिल्लो वर्ष टेलिभिजनको कम्ब्याकमा असफल भएका उनि विवाह पस्चात आउन लागेका हुन् । डिप्रेसन र बिभिन्न झामेलाका कारण कपिल करीब १ बर्ष जती आरम गरे ।
उनको ‘ द कपिल शर्मा शो’ डिसेम्बर २९ बाट प्रसारण हुँदैछ। सो कार्यक्रमको टिजर सार्वजनिक भएको छ। करिब ३० सेकेण्डको टिजरमा रिलिजका क्रममा रहेको ‘सिम्बा’ सिनेमाका स्टारहरू रणविर सिंह, सारा अलि खान तथा निर्देशक रोहित शेट्टी अतिथि बनेका छन्।

यसपटकको शोमा कृष्णा अभिषेक पनि देखिनेछन् । भने पुरानै कलाकार किकु शारदा, सुमोना चक्रवर्ती, भारती सिहं तथा चन्दन प्रभाकर दोहोरिने छन्। सुनिल ग्रोभर भने उनिहरुको आपसी मतभेद कै कारण यसपटक पनि रहने छैनन् ।
For More videos Log on to Mazzako TV