प्रियंका र अर्पणको ‘अनागत’मा यस्तो दृश्य
अभिनेत्री प्रियंका कार्की र अभिनेता अर्पण थापा अभिनित फिल्म ‘अनागत’ को अफिसियल टिजर सार्बजनिक गरिएको छ । करीब २ वर्ष पहिले नै छायांकन सकिएको फिल्म को माघ ११ गते प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि फिल्म ‘कथा काठमाण्डू’ मा इन्टिमेट सिन दिएका कारण आलोचित भएकी अभिनेत्री प्रियंकाले ‘अनागत’ मा अभिनेता अर्पणसँग पनि अन्तरंग दृश्य दिएकी छन् । दुई बीचको इन्टिमेट सिन टिजरमा समावेश गरिएको छ। फिल्ममा दुई श्रीमान्-श्रीमतीको भूमिकामा छन् ।

साम्तेन भुटियाको निर्देशन रहेको फिल्ममा अर्पण र प्रियंकासँगै प्रविण खतिवडा र रोशिन सुवेदीको मुख्य भूमिका रहेको छ । माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सको ब्यानरमा फिल्म निर्माण भएको हो ।
फिल्ममा समीर उपाध्याय, चन्द्र कुमार झा, स्व. निलु डोमा शेर्पा र निर्देशक भुटिया स्वयं निर्माता रहेका छन् । फिल्मलाई सिसन बानियाँले खिचेका हुन् भने चन्द्र कुमार झाको कथालाई प्रवचन श्रेष्ठ र भुटियाले पटकथाको स्वरूप दिएका हुन् । फिल्म सस्पेन्स थ्रिलर जानरामा निर्माण भएको बताइएको छ ।