साम्राज्ञीका प्रेमी किन आए मारुनीको कार्यक्रममा ?
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रेम अब दर्शकका लागि गोप्य रहेन । साम्राज्ञीले अब प्रेमीसँग नै सार्वजनिक कार्यक्रममा आफ्नो उपस्थित जनाउन थालेपछि उनको प्रेम गोप्य नरहेको प्रष्ट हो । साम्राज्ञीको मुख्य भूमिका रहने फिल्म मारुनीको घोषणा कार्यक्रममा उनी प्रेमीसँग पुगेकी थिइन् ।

साम्राज्ञीले यसरी सार्वजनिक रुपमा नै प्रेमीलाई लिएर पुगेको पहिलो पटक हो । देवांश जंगबहादुर राणाको प्रेममा अहिले उनी छिन् । तर, सार्वजनिक कार्यक्रममा लिएर पुगेपनि साम्राज्ञीले राणासँग एउटै फ्रेममा बसेर फोटो खिच्न भने मानिनन् । साम्राज्ञीले किन यसरी प्रेमीसँग तस्बिर खिच्न नमानेकी हुन्, यो उनले नै जानुन् । साम्राज्ञी र उनका प्रेमी बाहिरिने क्रममा पनि सकस भएको थियो ।
मिडियाले पछ्याएपछि देवांश गाडीमा बाहिरिएका थिए भने फिल्मीकर्मी बाबुराम दाहालले उनलाई स्कुटीमा राखेर गेटसम्म पुर्याएका थिए । यसपछि भने साम्राज्ञी देवांशको गाडीमा नै चढेर हुइकिएकी थिइन् ।








