चर्चित गीत ‘साइँली’मा आधारित रहेर बनाईएको चलचित्र ‘साइँली’को पहिलो गीत सार्वजनिक भएको छ । ‘नाच माया’ बोलको गीतमा सुशान्त गौतमको सङ्गीत, हर्क साउँदको शब्द तथा गायक हेमन्त रानाको स्वर रहेको छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, गौरव पहारी, मेनुका प्रधान, केनिपा सिंहले नृत्य गरेका छन् । चलचित्रलाई निर्देशक रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

‘साइँली’ गीतका गायक तथा यस चलचित्रका निर्माता समेत रहेका हेमन्त रानाको जन्मदिनको अवसरमा गीत सार्वजनिक गरिएको हो ।
यस चलचित्रको प्रदशन मिती भने चैत्र १५ लाई तोकिएको छ ।

For More videos Log on to Mazzako TV