सन् २०१८ मा सबैभन्दा धेरै कमाई गर्ने भारतीय सेलिव्रेटीको नाम फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको छ । सेलिब्रिटी हरुको कमाई सहित्, सर्वाधिक कमाई गर्ने १०० सेलिब्रिटीको नाम फोर्ब्सले सार्वजनिक गरेको हो । यो सूचीको सबैभन्दा पहिलो नम्बरमा बलिउड नायक सलमान खान छन् । सलमानले चलचित्र, रियालिटी शोको माध्यमबाट यो बर्ष २ सय ५३ करोड कमाई गरेका छन् ।

यस्तै, नायक अक्षय कुमार सर्वाधिक कमाई गर्ने बलिउडकर्मीको दोश्रो स्थानमा छन् । उनले १८५ करोड कमाई गरेको फोर्ब्समा उल्लेख छ । अक्षयले पनि चलचित्र, विज्ञापनबाट बढी रकम कमाएका छन् । नायिकाहरुमा दिपिका पादुकोणबाट टप १० मा परेकी छिन् ।

यसैबर्ष नायक रणवीर सिंहसँग बिहे गरेकी दीपिकाले १२२ करोड कमाई गरेकी छिन् । यो सूचीमा आमिर खान, अमिताभ बच्चन पनि छन् । तर नायक साहरुख खान भने सर्वाधिक कमाई गर्ने सूचीको टप १० मा नै परेका छैनन् ।

For More videos Log on to Mazzako TV