ओझेलमा परेका सुशिलका लागि रणवीर
अभिनेता सुशिल सिटौला ओझेलमा छन् । उनी होस्टेल रिटन्र्सबाट फिल्म क्षेत्रमा आएका हुन् । तर, उनी यसपछि भने खासै व्यस्त हुन सकेनन् । सुशिलको अभिनय राम्रो छ । तर, स्टारडम भने कमजोर छ । यसैले पनि उनलाई लिएर सिनेमा बनाउने कुरामा निर्माताको रुची कम छ ।

उनले अभिनय गरेको गाँजाबाजा सिनेमा पनि रिलिज भैसकेको छ । उनै सुशिललाई लिएर बनेको सिनेमा रणवीर प्रदर्शनको तयारीमा छ । यो सिनेमाका लागि सुशिलले मिहिनेत गरेका छन् । सुशिलले सिनेमाका लागि १५ केजी तौल समेत बढाएका छन् । सिनेमाको फस्टलुकमा उनको मिहिनेत देखिएको छ ।
सिनेमाका लागि उनी ७० केजीबाट ८५ केजी पुगेका थिए । सुशिलको यो मिहिनेतले अब काम गर्छ या गर्दैन सिनेमा रिलिजपछि नै थाहा हुनेछ ।
For More videos Log on to Mazzako TV








