दिनेश राउत निर्देशित फिल्म ‘प्रसाद’ को तेस्रो गीत रेकर्ड गरिएको छ । बिहिबार राजधानीको नक्साल स्थीत एक स्टुडियोमा फिल्मको गीत रेकर्ड गरिएको हो । गीतमा नेपाल आइडलका उत्कृष्ट ७ प्रतिस्प्रर्धी मध्येका एक बिक्रम बरालले स्वर दिएका छन् ।

मंसिरको २१ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँने फिल्मको उक्त गीतमा सुवास भुषालको शब्द तथा संगीत रहेको छ । यो गीत सिनेमामा प्लेव्याक म्युजिकको रुपमा प्रयोग गरिने छ निर्देशक राउतले बताए । उनले भने, ‘यो गीत दर्शकले सिधै सिनेमा घरमा मात्रै हेर्न पाउने छन् । सिनेमा रिलिज पश्चात मात्रै गीतलाई युट्युबमा रिलिज गरिने छ’ ।

‘प्रसाद’ का निर्माता सुवास थापाले बिक्रम बराललाई एउटा प्रोफेसनल गायक बराबर पारिश्रमिक दिएको बताए । बिक्रम बराललाई सिनेमाको गीत रेकर्ड गर्नु अघि निर्माता थापाले उनलाई गीत गाए बाफत पाउने पारिश्रमिक समेत हस्तान्तरण गरेका थिए ।

निःसन्तान दम्पत्तीको कथामा निर्माण भएको सिनेमाको कथा, पटकथा तथा संवाद रंगपत्रकार सुशील पौडेलले लेखेका हुन् । भने सिनेमामा नम्रता श्रेष्ठ, विपिन कार्की, निश्चल बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ ।

For More videos Log on to Mazzako TV