बलिउड तथा हलिउड नायिका प्रियंका चोपडाले निर्माण गरेको नेपाली भाषाको चलचित्र ‘पाहुना’ द लिटिल भिजिटर’को ट्रेलर सार्वजनिक भएको छ । पर्पल पेबल पिक्चर्सद्धारा निर्मित ‘पाहुना’को ट्रेलरमा दुई बालबालिका फिचर छन् ।

प्रियंका चोपडा र उनकी आमा मधु चोपडाको ब्यानरमा निर्माण भएको फिल्ममा नेपालमा माओबादी द्धन्द्वबाट बचेर सिक्किम पुगेका दुई बालबालिकाको सर्घषलाई देखाइएको छ । चलचित्रलाई पाखी ए टायरबालाले निर्देशन गरेका हुन् । चलचित्र मा इशीका गुरुङ, अनमोल लिम्बु, मञ्जु केसी, शरण राई, विनोद प्रधान, उत्तम प्रधान, विनिता लुगुन लगायतका कलाकारको अभिनय रहेको छ ।

यस चलचित्रले यस अघीनै बिभिन्न अन्तराष्ट्रिय फेस्टेभलहरुमा सहभागी हुदैँ अवार्ड समेत जितिसकेको छ ।

For More videos Log on to Mazzako TV