भुवन चन्दको ‘साइनो’, नीता र मिरुनासंगै नव नायक राजकुमार
नेपालकी प्रथम नायिका भुवन चन्द थापाले फिल्म निर्माण गर्ने भएकी छिन् । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको औपचारिक घोषणा गरिएको हो । एक दशक अघिको फिल्म ‘साइनो’ को नाम सापटी लिएर निर्माण गर्न लागिएको हो । उक्त पुरानो साइनोमा अभिनेता भुवन केसी र अभिनेत्री तृप्ती नाडकरको प्रमुख भूमिका थिए ।

फिल्म ‘साइनो’ मा अभिनेत्री नीता ढुंगाना र अभिनेत्री मिरुना मगरको नायिकाको रुपमा छन् । फिल्म नव–नायक राजकुमारले यी दई नायिकासंग रोमान्स गर्नेछन् । रमेश थापाले फिल्म निर्देशन गर्नेछन् ।
सोमवारबाट फ्लोरमा जाने फिल्म काठमाडौं, काभ्रे, रसुवा, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक लगायतका स्थानमा छायांकन गरिनेछ । अभिमन्यू ’निरवी’ को कथामा निर्माण हुने फिल्ममा शरण थापा कार्यकारी निर्माताका रुपमा रहनेका छन् ।
फिल्ममा भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, वसुकला मैनाली लगायतको पनि अभिनय रहनेछ । रामेश्वर कार्कीको छायांकन, बनिश शाहको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहने फिल्ममा रोशन विक्रम भट्टराईको द्वन्द्व रहनेछ । फिल्ममा बसन्त सापकोटाले संगीत दिएका छन् ।
For More videos Log on to Mazzako TV







