अभिभावकले गरेको काम लाई पछ्याउनु र सन्तान सोही बाटोमा हिड्नु कुनै नौलो कुरा होईन । तर अरु पेसाको भन्दा चर्चा बढी हुने भएकाले पनि होला सिने जगतामा पुस्ता हस्तान्तरणाले निकै माहोल तताउने गर्छ ।

यो बर्षको सुरुवातदेखि नै थुप्रै बलिउडकर्मीका सन्तानले रंगिन पर्दामा आफ्नो पाइला राखेका छन् । यहीविचमा, बलिउडका चर्चित नायक सुनिल सेट्टीका छोरा अहान सेट्टीले पनि बलिउडमा पाइला राख्ने भएका छन् ।

साजिद नाडियाडवालाको प्रोडक्शनबाट बन्न लागेको एक चलचित्रबाट अहान बलिउडमा डेब्यु गर्न लागेका हुन् । उनले काम गर्न लागेको हिन्दी चलचित्र, ‘आर एक्स १००’ नामक तेलुगु चलचित्रको रिमेक हो । यो चलचित्रलाई ‘द डर्टी पिक्चर्स’का निर्देशक मिलन लुथ्रियाले निर्देशन गर्दैछन् । यो चलचित्रको छायांकन चाडै नै सुरु हुनेछ ।

चलचित्रलाई सन् २०१९ को मे महिनामा रिलिज गर्ने योजना यसका निर्माताको छ । छोरी आथिया सेट्टी लाई बलिउडमा प्रवेश गरेतापनि उनले कुनै जादु देखाउन सकेकिछैनन् । छोरा अहान बाट भने सुनिल ले पक्कै ठुलो आस लिएका हुन पर्छ ।

For More videos Log on to Mazzako TV