‘गङनम स्टाइल’ गायक नेपाल आउँदै
विश्वकै चर्चित कोरियन गीत ‘गङनम स्टाइल’ का गायक ‘साई’ अर्थात पार्क जेई साङ नेपाल आउने भएका छन् । नेपाल र कोरियाको कूटनीतिक सम्बन्ध स्थापित भएको ४५ वर्ष पुगेको अवसरमा उनि नेपाल आउँन लागेका हुन् । कोरियाली राजदूतावासले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन उनी नेपाल आउँन लागेको अयोजकले बताएको हो ।
‘साई विथ के पप लाइभ इन नेपाल’ नाम दिइएको कन्सर्ट डिसेम्बर १५ तारिखमा खुमलटार, सातदोबाटोमा रहेको रेडियो नेपालको ग्राउण्डमा हुनेछ । कन्सर्टमा नेपालको तर्फबाट दीपक बज्राचार्यसँगै हास्यकलाकार राजा राजेन्द्र पोखरेल, गायिका मिलन अमात्य, निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी लगायतले प्रस्तुति दिनेछन् ।
For More videos Log on to Mazzako TV