‘जनआन्दोलन स्वर्ण पदक’ बाट ‘मह’ जोडी सम्मानित
वरिष्ठ हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मानित भएका छन् । नेता स्वा. गणेशमान सिंहको १ सय ४ औं जन्मजयन्तीको अवसर पारेर ‘मह’ जोडीलाई उपराष्ट्रपति नन्द बहादुर पुनको हातबाट जनआन्दोलन स्वर्ण पदकबाट सम्मानित गरिएयो । ‘मह’ जोडीले नेपालको लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण योगदान दिएका थिए ।
स्वर्गीय गणेशमान सिंहले नेपालको राजनीतिक क्षेत्रमा र्पुयाएका योगदानको स्मरण गर्दै हरेक वर्ष उनको जन्मजयन्ती र स्मृति दिवसमा विभिन्न कार्यक्रम गर्ने गरिन्छ ।
For More videos Log on to Mazzako TV