आलियालाई रणवीरको लक ??
पछिल्लो समय रणवीर कपूरसँगको प्रेम सम्बन्धले चर्चामा रहेकी आलिया भट्ट धमाधम सिनेमा गरिरहेकी छिन् । आफ्नो अभिनय क्षमता र किउट्नेसले दर्शकको मन जितिईरहेकी अलिया यतिबेला पिरियोडिक ड्रामा ‘कलंक’मा काम गरिईरहेकी छिन् । त्यस्तै उनी ब्वाईफ्रेन्ड रणवीर कपुरसँग ‘ब्रम्हास्त्र’मा देखिनेछिन् । यो सिनेमाको बुल्गेरियामा सुटिङ्ग गरिएको छ । सिनेमामा अमिताभ बच्चन पनि देखिनेछन् ।
२५ बर्षे आलियाले चलचित्र ‘राजी’मा गरेको अभिनयबाट निकै राम्रो तारिफ पाएकी थिईन् । उनले आगामी चलचित्रबाट पनि निकै ठुलो अपेक्षा राखेकी छिन् ।
उनी सिनेमा ‘कलंक’मा बरुण धवन, सोनाक्षी सिन्हा, माधुरी दिक्षित, सन्जय दत्त लगायतसँग पर्दा सेयर गर्नेछिन् ।
त्यस्तै अलिायाको हातमा जोया अक्तरको फिल्म ‘गुल्ली ब्वाई’ पनि छ , जहाँ उनी रणवीर सिंहसँग देखिदैछिन् भने उनी करण जोहरको नयाँ प्रोजेक्टमा पनि काम गर्दैैछिन् । आलियालाई रणवीर कपूरसँगको रिलेसनसिपले करियरमा पनि निकै फलिफाप भईरहेको छ ।
For More videos Log on to Mazzako TV