‘वीर विक्रम २’ निर्माण घोषणा, कलाकारको मज्जाको ईन्ट्री

मिलन चाम्स निर्देशित फिल्म ‘वीर विक्रम २’ निर्माण घोषणा गरिएको छ । चाम्स निर्देशित फिल्म ‘वीर विक्रम’ को दोस्रो श्रृंखला ‘वीर विक्रम २’ निर्माण गर्न लागिएको हो । बिहीवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको औपचारिक घोषणा गरिएको छ ।

फिल्मका मुख्य कलाकारहरु आकाश श्रेष्ठ, बर्षा सिवाकोटी, बुद्दि तामाङ, विनिसा भण्डारी र बाल कलाकारमा मनिष लिम्बुलाई कार्यक्रममा ब्यान्डबाजा सहित मज्जाको ईन्ट्री गरायो । हिमाली क्षेत्रमा पाइने याकलाई पनि फिल्ममा खेलाइने बताइएको छ । ‘वीर विक्रम २’ ले भिन्न प्रकारको दोस्तीको कथा बोल्न बताइएको छ । पहिलो भागमा दयाहाङ राई, अनुप विक्रम शाही, नाजिर हुसेन, अर्पण थापा, दीया पुन मुख्य भूमिकामा थिए ।

अर्पण सापकोटा सह–निर्माता र निर्देशक चाम्स आफैंले ‘वीर विक्रम २’ निर्माण गर्नेछन् । फिल्मको कथा प्रदीप भारद्वाज, संगीत रंजित गजमेर, राजनराज सिवाकोटी र तारा प्रकाश लिम्बुको रहने छ । फिल्ममा सुदीप बरालको छायांकन, हिमाल केसीको द्वन्द्व, बनिष शाहको सम्पादन र कविराज गहतराजको कोरियोग्राफी रहनेछ । कात्तिक अन्तिम साताबाट फ्लोरमा जाने फिल्म २०७६ को नयाँ वर्षमा रिलिज गर्ने तयारी छ ।

For More videos Log on to Mazzako TV








