सलमान होइन,बाबु छोरा मिलेर अर्जुनले गरे ‘रिप्लेस’
नायक अर्जुन कपूरको नाम सलमानकि भुपु बुहारी मलाईका अरोरासँग जोडीएसँगै यि दुई ठुलो दुश्मन बनेका छन् । किनकी अरबाज खानसँग बैबाहिक जीवनमा रहेकी मलाइकाले अर्जुनसँग सम्बन्ध अगाडी बढेपछी डिभोर्स गरेकी थिइन् । त्यसपछि अर्जुनलाई सलमानले फिल्म मात्र होइन विभिन्न ठाउबाट हटाउंदै आएका थिए । तर यसपाली भने कुरो अलि उल्टो परेको छ । यसपटक अर्जुनले सलमानलाई ‘रिप्लेस’ गरेका छन् ।
सलमान अभिनित २००५ को हिट फिल्म ‘नो इन्ट्री’ को सिक्वेल बन्ने चर्चा चलेको धेरै भैसक्यो। ‘नो इन्ट्री मै इन्ट्री’ नाम दिइएको सिक्वेलमा निर्माताले सलमानलाई अभिनयको पहिलो प्रस्ताव राखे तर सलमानले आफुलाई अभिनय गराउने भए केहि समय कुर्न भने । सलमानले केहि समय प्रतीक्षा गर्न भनेपछि निर्माण युनिटले उनको स्थानमा अर्जुन कपूरलाई कास्ट गरेको छ ।

अनिस बज्मीको निर्देशनमा तयार हुने फिल्मको लागि अर्जुनसँगै अनिल कपुर फाइनल भइसकेका छन् । यी दुई कास्ट बाहेक अन्य कास्टमा हेरफेर हुने निर्माता बोनी कपुरले भारतीय मिडियालाई जनाएका छन् । बोनी कपुर अर्जुन कपुरका बुवा पनि हुन् । छोरा र सलमानको लडाईमा बोनिले छोराको साथ दिएका छन् ।
For More videos Log on to Mazzako TV







