‘बधाई हो’लाई लाग्यो चोरीको आरोप
आयुष्मान खुरानाको फिल्म ‘बधाई हो’ ले बक्सअफिसमा मज्जाको कलेक्सन गरिरहेको छ । दर्शकले मात्र होईन क्रिटिक्सले पनि फिल्मलाई निकै रुचाएका छन् । यसबीच फिल्म कानूनी झमेलामा फसेको छ । फिल्मको कथामाथि एक लेखकले चोरीको आरोप लगाएका छन् ।
छत्तीसगढका लेखक तथा पत्रकार पारितोष चक्रवर्तीले ‘बधाई हो’ का निर्माता, निर्देशक र लेखकमाथि उनको कहानी चोरेर फिल्म बनाएको आरोप लगाएका छन् । चक्रवर्तीले तीन जनाकै विरोद्धमा रायपुरको पन्डरी प्रहरी थानामा एफआईआर दर्ता गरेका छन् । आइएएनएसको रिपोर्ट अनुसार, पन्डरी प्रहरी थानाका प्रभारी सोनल ग्वालाले भनेका छन्, ‘हामीलाई लिखित उजुरी मिलेको छ । अहिले त्यसमाथि जाँच चलिरहेको छ ।’ उजुरीमा चक्रवर्तीले १९ वर्ष अगाडि प्रकाशित उनको कहानी संग्रह ‘घर बुनते हुए’ मा समावेश ‘जड’ नामक कहानी चोरेर फिल्म ‘बधाई हो’ बनाएको उल्लेख छ ।
उनले भने, ‘सन् १९९८ मा आनन्द बजार पत्रिका समूहको पत्रिका सुनन्दा र हिन्दी साप्ताहिक पत्रिका कादम्बिनीमा ‘जड’ कहानीको बांग्ला अनुवाद छापिएको थियो । यो कहानीको विना अनुमती फिल्ममा हुबहु कपी गरिएको छ ।’ १८ अक्टोबरमा फिल्म रिलिज भएको ‘बधाई हो’ लाई अमित शर्माले निर्देशन गरेका हुन् ।
यसमा आयुष्मान खुराना, नीना गुप्ता, सान्या मल्होत्रा र गजराज राव अहम महत्वपूर्ण भूमिकामा छन् । भारतीय बजारमा फिल्मले अहिलेसम्म ६६ करोडमाथि कमाई गरिसकेको छ । २० करोडमा निर्माण भएको बधाई होलाई ट्रेड एक्सपर्ट्सले सुपरहिट भनेका छन् ।
For More videos Log on to Mazzako TV