बलिउडका ४ जनालाई मात्र दिपिका-रणवीरको बिहेको निम्तो !
बलिउडका हट केक जोडी रणवीर सिंह र दिपिका पादुकोणको बिवाह मिति सार्वजनिक भइसकेको छ । उनीहरु आगामी नोभेम्बर १४ मा विवाह बन्धनमा बाँधिदै छन् ।
यतिबेला यो जोडीको बिहे कहाँ र कसरी हुनेछ भन्नेमा बिषय आमचासो बनेको छ। बुझ्न मा आए अनुसार प्रमुख वैवाहिक समारोह सानो पारिवारिक जमघटमा गर्ने तयारीमा छन् दिपिका र रणवीर । उक्त समारोहमा बलिउडका केवल चार जनालाई निम्तो पुगेको छ । ती चारमध्ये तीन जनाको पहिचान भइसकेको छ भने एक जना पत्ता लागेका छैनन् ।
निम्तो कार्ड पाउने ती ‘भाग्यमानी’ हरुमा निर्देशक सञ्जय लिला भन्साली, निर्देशक फराह खान र निर्माता आदित्य चोपडा छन् । भन्साली र फराहले दिपिकाको तर्फबाट र आदित्यले रणवीरको तर्फबाट निम्तो पाएका हुन् । फराहको फिल्मबाट दिपिकाले बलिउडमा डेब्यू गरेकी थिइन् भने भन्सालीका ३ ब्लकबस्टर फिल्मा उनले काम गरिसकेकी छन् । आदित्यलाई भने रणबीरले आफ्नो मेन्टर मान्छन् ।

बिहे कहाँ हुँदैछ भन्ने सस्पेन्स चाहिँ अहिलेसम्म पनि खुल्न सकेको छैन । यद्यपि, बलियो सम्भावना चाहिँ ईटलीको छ । इटलिको आलिसान बिला डेल बालडियानेलोमा विवाह हुन सक्ने केही मिडियाले उल्लेख गरेका छन् । तर, कतिपयले भने मुम्बईमा नै बिहे हुन सक्ने अड्कल काटेका छन् । किनकी वृद्धवृद्धासहितको पारिवारिक जत्थालाई ईटली पुर्याउन र फर्काउन सजिलो छैन ।
बलिउडका थुप्रै हस्तिहरु सहित मुम्बई र बैंगलौरमा रिसेस्पसन आयोजना हुने बुझिएको छ ।
For More videos Log on to Mazzako TV







