हाउसफुल-४ बाट नाना र निर्देशक साजिदनै बहिरिए
बलिउडमा यतिबेला #meetoo अभियानले निकै प्रभाब पारेको छ । पहिले आफुलाई परेको दुर्व्यवहारको पर्दाफास गर्ने क्रममा यस ‘मिटू’ मुभमेन्टले चर्चा पाएको हो ।
नाना पाटेगरको बिरुद्ध बलिउड एक्ट्रेस तनुश्री दत्तले यसबारे बोलेपछि यतिबेला बलिउडमा लहर नै चलेको छ भन्दा फरक पर्दैन । यसैक्रममा पछिल्लो समय निर्देशक साजिद खानको नाम पनि अगाडी आएको थियो । उनले यौनजन्य दुर्व्यवहार गरेको भन्दै केहि एक्ट्रेस तथा मोडलले ‘मिटू’ ह्यासट्याग गर्दै उल्लेख गरेका थिए ।

उनको नाम यसमा मुछिएपछी उनलाई फिल्म ‘हाउसफुल ४’ बाट निकालिएको छ । भारतीय मिडियाले उनलाई फिल्मका निर्माता साजिद नाडियाडवालले फिल्मबाट आउट गर्दै अघिल्लो सिरिजका निर्देशक फरहाद सामजीलाई निर्देशन गर्न दिएको खबर केहि समयपहिले नै मिडियामा आइसकेको छ । फरहादले आफ्ना दाइ साजिदसँग अघिल्लो सिरिज ‘हाउसफुल ३’ को निर्देशन गरेका थिए । निर्देशक मात्र आउट होईन यसमा निर्माता साजिदले फिल्मका कलाकार नाना पाटेकरलाई पनि आउट गरेका छन् ।
एक्ट्रेस तनुश्री दत्तले ‘मिटू’ को सुरुवात नै नानालाई आरोप लगाउदै गरेकी थिइन् । यसैकारणले निर्माता साजिदले फिल्मका लिड कलाकार अक्षय कुमारसँगको सल्लाहपछी नानालाई आउट गर्दै साउथका कलाकार राना डग्गुवतीलाई इन गरेका छन् । अर्थात् नानाको भूमिकालाई अब रानाले निर्वाह गर्नेछन ।
For More videos Log on to Mazzako TV







