जाहन्वी अब बरुण धवनको जोडी बन्दै
हिन्दी चलचित्र ‘धडक’ बाट यस बर्ष नै बलिउडमा डेब्यु गरेकी श्रीदेवी सुपुत्री जाहन्वी कपुरका लागि अब ठूला-ठूला प्रोजेक्टबाट अफर आउन थालेको छ ।
जाहन्वीलाई करण जोहरले बनाउन लागेको चलचित्र ‘तख्त’बाट अफर आएको छ । त्यो भन्दा पहिलेनै उनी अर्को एक नयाँ चलचित्रमा काम गर्दैछिन् ।

निर्देशक शशांक खेतान नयाँ चलचित्रको निर्देशन गर्दैछन् । थ्रिलर कथामा बन्न लागेको यो चलचित्रका लागि नायक बरुण धवन फाइनल भएको भारतीय मिडियाले बताएका छन् । अब, यो चलचित्रका लागि नायिकाको रुपमा जाहन्वी कपुरलाई अफर गरिएको छ । जाहन्वीले यो भूमिका निर्वाहा गर्न सक्ने भएकाले पनि उनलाई अफर गरिएको वुझिएको छ । यो चलचित्रको हाल कथामा काम भैरहेको छ ।








