निर्मात्री पूनम गौतमले निर्माण गर्न लागेको नयाँ फिल्ममा अभिनेता पुष्पल खड्का र अभिनेत्री रेविका गुरुङ फाइनल भएका छन् । रेविकाले बेलायतको भिजा नलागेपछि लिलिबिली सिनेमा छाडेकी थिइन् ।

अब, उनले अभिनेता पुष्पल खड्कासँग रोमान्स गर्नेछिन् । नवल नेपालले यो सिनेमाको निर्देशन गर्दैछन् । सिनेमाका लागि अभिनेत्री दीपिका प्रसाइसँग पनि कुरा भैरहेको छ । दीपिकालाई केही दिनमा नै फाइनल गर्ने योजनामा यसकी निर्मात्री पूनम गौतम देखिएकी छिन् । दीपिकाले ऐश्वर्य र छक्का पन्जा ३ मा काम गरिसकेकी छिन् ।

सिनेमाको औपचारिक घोषणा मंसिरमा हुनेछ । संभवत सिनेमाको छायांकन माघबाट हुने वुझिन्छ । पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो सिनेमाको कथावस्तु निकै राम्रो रहेको निर्मात्री पूनमले बताइन् । पूनमले अझै पनि सिनेमा निर्माण गरिसकेकी छिन् ।

For More videos Log on to Mazzako TV