नोटिस नै नभएपछि हिरोइनले कपाल काटिन्
अभिनेत्री दीपशिखा खड्काको पीडा पनि मनमा धेरै रहेछ । उनले, फाट्टफुट्ट सिनेमामा अभिनय गरेपनि त्यसले उनलाई हाइलाइट गराएन । यसैले पनि दीपशिखाको नेपाली फिल्मको गति सुस्त थियो । यसो भनौ, उनको फिल्ममा उपस्थिती अर्थहिन थियो ।

यसैले उनले अब दर्शकमा नोटिस हुने काम गरेकी छिन् । उनले अभिनय गरेको सिनेमा प्रेमलीलामा उनको कपाल मुन्डन गरिएको छ । प्रेमलीला नाम रहेपनि उनी रिसाएकी छिन् । पोष्टरमा सिंगल देखिएकी दीपशिखाले आफूलाई यो अगाडिका सिनेमामा कसैले पनि नोटिस नगरेको र दर्शकले नचिनेको बताइन् । यसपटक कपाल काटेर आउँदा दर्शकले चिन्ने र नोटिस गर्ने उनको आशा छ ।
दीपशिखाको लुक्सले केही आशा त जगाएको छ । तर, सिनेमाको पोष्टर मात्र उत्कृष्ट भएर हुँदैन । दीपशिखाले सिनेमाका लागि ४ पटकसम्म कपाल काटिसकेकी छिन् ।
For More videos Log on to Mazzako TV








