पूर्व प्रेमी रणवीर कपुरको अंगालोमा दिपिका,साथमा रणवीर सिंह र आलिया भट्ट
बलिउडमा हालै एउटा तस्बिरले निकै चर्चा पाइरहेको छ । निर्देशक करण जोहरले आफ्नो इन्स्टाग्राम एकाउन्टमा हालै एउटा तस्वीर सार्वजनिक गरे । उक्त तस्वीर लाई धेरै अर्थमा ‘विशेष’ मान्न सकिन्छ।
तस्वीर विशेष यस अर्थमा छ कि रणवीर कपुरले रणवीर सिंह र दिपिका पादुकोणलाई दुईतिर अंकमाल गरेका छन् । तस्वीरमा करणसहित आमिर खान, रणवीर कपुर, रणवीर सिंह, आलिया भट्ट, दिपिका पादुकोण र शाहरुख खान देखिएका छन् ।
रोचक कुरा के छ भने रणवीर कपुर र दिपिका लामो समय प्रेममा थिए । तर, पछी उनीहरुको प्रेम स्ंबन्ध टिकेन । दिपिका अहिले रणवीर सिंहसँग रिलेसनसीपमा छिन् । उनीहरुबीच यसै वर्ष बिहे हुने पक्कापक्की जस्तै छ ।
सामान्यतया बलिउडमा ब्रेकअपपछि कलाकारहरु एकसाथ देखिँदैनन् । यो तस्वीरले भने रणवीर र दिपिकाबीच अझै पनि सुमधुर सम्वन्ध रहेको अनुमान गर्न सकिन्छ । यतिमात्रै होइन, दुई रणवीरबीच पनि कुनै तुष नरहेको देखिन्छ । जबकी दिपिकाको कारणले उनीहरुबीच सम्बन्ध राम्रो नरहेको चर्चा चल्ने गरेको थियो । रणवीर सिंहसँग एउटै फिल्ममा काम गर्न रणवीर कपुरले इन्कार गरेको समाचार पनि आएको थियो ।
अर्कोतर्फ यही फ्रेममा आलिया भट्ट पनि छिन् जो रणवीर कपुरकी हालकी प्रेमिका हुन् । रणबीर र दिपिकाको निकटतालाई आलियाले सहजै पचाएकी छन् । यो तस्वीर कहिले खिचिएको हो भन्ने चाहिँ करण जौहरले खुलाएका छैनन् ।
For More videos Log on to Mazzako TV