अमिताभ र आमिरको ‘ठग्स अफ हिन्दोस्तान’को मज्जाको ट्रेलर सार्बजनिक
निकै प्रतिक्षा गरिएको बलिउड फिल्म ‘ठग्स अफ हिन्दोस्तान’को ट्रेलर सार्वजनिक भएको छ । यस फिल्ममा बलिउडका दुई चर्चित कलाकार अमिताभ बच्चन र आमिर खानले पहिलो पटक स्क्रिन साझेदारी गरेका छन् ।
यशराज फिल्म्सको ब्यानरमा बनेको यस फिल्मको ट्रेलर यश चोपडाको जन्मदिनमा सार्वजनिक गरिएको हो । दिपावलीको अवसर पारेर ८ नोभेम्बरमा रिलिज हुन लागेको यो फिल्म फिलिप टेलर्सको उपन्यास ‘कन्फेशन अफ ठग्स’ मा आधारित छ । फिल्मको निर्देशन विजय कृष्ण आचार्यले गरेका हुन् । उक्त फिल्म तीन भाषामा रिलिज हुनेछ ।

हिन्दीसँगै फिल्मलाई तमिल र तेलुगूमा पनि डब गरिएको छ । फिल्ममा अमिताभ बच्चन (खुदाबक्श), आमिर खान (फिरंगी), फातिमा सना शेख (जफीर), कटरीना कैफ (सुरैया) र लायड (जोन क्लाइव) को भूमिकामा छन् ।
‘ठग्स अफ हिन्दोस्तान’ को बजेट २ करोड १० लाख बताइएको छ । यो यशराज ब्यानरको सबैभन्दा महँगो फिल्म हो । भिएफएक्स र सेट डिजाइनमा निकै पैसा खर्च भएको छ ।
For More videos Log on to Mazzako TV








