सेलिब्रिटीहरुले आफ्नो मोबाइल नम्बर नजिकका साथीभाई र आफन्तलाई मात्र दिने गर्छन् । त्यो भन्दा बढी भए मिडियाले थाहा पाउलान् । फ्यानहरुले मन परेका सेलिब्रेटिको नम्बर पाउन निकै कठिन हुन्छ । तर, अभिनेता अजय देवगणले आफ्नी श्रीमती काजोलको मोबाइल नम्बर टि्वटरबाटै सार्वजनिक गरिदिए । उनले लेखेका थिए, ‘काजोल अहिले देशबाहिर छिन् । उनलाई ह्वाट्सएपमा ९८२०१२३३०० मा सम्पर्क गर्नुस ।’

यसरी नम्बर सार्वजनिक भएपछि काजोलका फ्यानहरु उत्साहित हुने नै भए । अजयले दिएको नम्बर एड गर्ने र म्यासेज पठाउने लहर नै चल्यो । यसबीचमा थुप्रै मिमहरु पनि बने । धेरैले आफूले गरेको म्यासेजको स्त्रिम्नसट सामाजिक सञ्जालमा राख्न भ्याए । यो नम्बरको ह्वाट्एपमा साँच्चै काजोलकै नाम र प्रोफाइल पिक्चर थियो ।

तर, नम्बर भने काजोलको थिएन । केही समयपछि अजय आफैंले यसको रहस्य खोले । उनले काजोलका फ्यानहरुलाई ‘प्र्यान्क्’ गरेको बताएका छन् । उनले लेखेका छन्, ‘हामी फिल्मको सेटमा सहकर्मीहरुसित धेरै प्र्यान्क गर्ने गर्छौं । यसपटक मैले तपाईंहरुमा ट्राई गरेँ ।’

अजयको यो हर्कत ले काजोल भने रिसाएकी छन् । रिसाएको इमोजी राख्दै घर फर्केपछि आफूले ठिक पार्ने बताएकी छन् ।

For More videos Log on to Mazzako TV