जया पर्दा नेपालको पर्यटन सद्भावना दुतमा नियुक्त
भारतिय अभिनेत्री जया पर्दा नेपालको पर्यटन सद्भावना दुतमा नियुक्त गरिएको छ । पर्यटन तथा प्रवद्र्धनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय मार्फत उनि पर्यटन सद्भावना दुतमा नियुक्त भएकी हुन् । शुक्रबारको मन्त्री स्तरिय बैठकले उनलाई ४ वर्षको लागी सद्भावना दुतमा नियुत्त गरेको हो ।

जयालाई सद्भावना दुतमा नियुक्त गरेको पर्यटन मन्त्रालयले शनिबार जारीको विज्ञप्ति उल्लेख गरिएको छ । पर्यटकिय हिसाबले भारत नेपालको भविष्यमा मज्जाको रहने र नेपालको पर्यटनमा सहयोग पुुग्ने हिसाबले जयालाई नियुक्ति गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
भारतिय सद्भावना दुतको मार्फत भारतिय पर्यटक नेपाल भित्र्याउने अपेक्षा पर्यटन बोर्डले गरेको छ । जया अभिनेत्रीका साथ साथै पुर्वसासंद पनि हुन् । जया पर्दाले मा, सन्जोग, औलाद, मावली, कामचोर, आज का अर्जुन, स्वराज से सुन्दर लगायत चार दर्जको हाराहारीका बलिउड फिल्ममा अभिनय गरेकी छिन् ।








