समाजिक सन्जालमा चर्चामा रहेकी कभर सिङ्गर त्रिशला गुरुङले पहिलो गित बजारमा ल्याएकी छिन् । आफ्नै अफिसियल युटुब च्यानल ‘त्रिशला सिङ्ग’ बाट उनले ‘यो मन्’ बोलको गित सार्वजनिक गरेकी हुन् । त्रिशला स्वयम नै भिडियोमा पनि देखिएकी छिन् । यस गितलाई ‘रोहित शाक्य’ले एरेन्ज गरेका छन् ।

मज्जाको टिभीका अनिल सँग गरिएको इन्टर्भिउको क्रममा उनले ‘यो मन्’ फ्यानको ठुलो आग्रह पछी ल्याएको सुनाइन् । यो गित सँगै अर्को गित ‘काठ्मान्डु शहर’ पनि छिट्टै ल्याउने जानकारी गराईन्।

आफुले समान्य मनोरन्जनको लागी गुन-गुनाउदै गर्दाको भिडियो फुटेज इन्स्टाग्राममा राखेसी पाएको यो सफलता बाट अचम्मित रहेको सुनाइन् ।
भर्खरै ‘एम.बि.बी.एस्’ सकेर बसेकी त्रिशला अब भने केहि बर्ष गित संगीत मै जोडतोडका साथ लाग्ने कुरा सुनाउछिन् ।
उनी डाक्टर भएर दुखेको घाउ र गायक भएर दुखेको मन, दुबैको सेवा गर्न चाहेको बताँउछिन् ।

 

त्रिशला गुरुङ सँगको मज्जाको कुराकनी (पुरा भिडियो)

For More videos Log on to Mazzako TV