गोबिन्दाका नेपाल सम्बन्धी कुरा: कुन हल्ला, कुन सत्य ?
गोविन्दालाई नेपालको ‘ज्वाइँ’ भनिन्छ । उनकी श्रीमती सुनिता अहुजा नेपाली मुलकी हुन् ।
छोरी टिना सहित अहिले नेपालमा रहेका गोबिन्दा तीन दिने बसाईका लागि आएका हुन् । उनी आइवार राजधानीमा भएको ‘एलजी फिल्म अवार्ड’ मा सहभागी हुन आएका हुन् ।
बोल्न नआएपनि उनी नेपाली भाषा राम्रोसँग बुझ्न सक्छन् । नेपालीमा केही शब्द बोल्दिनुस् न ? भन्दै पत्रकारले आग्रह गरेपछि गोविन्दाले हिन्दी लवजमा नेपाली बोल्दै भने, ‘अलिअलि आउँछ । कस्तो छ ?’ उनले नेपाली बोलेको सुनेपछि छेवैमा रहेकी छोरीले हाँसो रोक्न सकिनन् ।
नेपाली मुलकी श्रीमती भएकै कारण उनि बेला बखत नेपालमै जग्गा किनेको, घर बनाउने सोँच् ,नेपाली फिल्म खेल्ने कुरा आदी बिषय ले चर्चा पाउने गरेका छन् ।
सन् २००९ मा काठमाडौं आएको बखत उनले भक्तपुरमा जग्गा किन्ने र घर बनाउने कुराले ठूलो चर्चा पाएको थियो । पत्रकारले उनबाट यसबारे पनि बुझ्न खोजे । उनले यो कुरामा सत्यता नभएको स्पष्ट पारे ।
उनले आफूलाई नेपाली बोल्न नआएपनि राम्रोसँग बुझ्ने बताए । एकदिन नेपाली फिल्म खेल्ने इक्ष्या रहेको कुरा भने सत्य रहेको बताए । उनले नेपाललाई साहस र प्रेमको धर्ती भन्दै प्रशंसा गरे । गोविन्दा पशुपतिनाथको दर्शन गर्न आफू पटक-पटक नेपाल आउने गरेको बताउँछन् ।
For More videos Log on to Mazzako TV