बिबादमा परेका नवाजुद्दिनले पुन: किताब लेख्ने
बलिउडका चर्चित कलाकार नवाजुद्दिन सिद्धिकीले फेरि एकपटक पुस्तक लेख्ने भएका छन्, । आफ्नो बायोपिक पुस्तक ‘एन अर्डिनरी लाइफ’लाई लिएर विवादमा परेपछि नवाजुद्दिनले पुस्तक नै फिर्ता लिनु परेको थियो । नवाजुद्दिनले भनेका छन्-‘म फेरि एकपटक पुस्तक लेख्नेछु । यसपटक म सबै कुरा झुट लेख्नेछु । मेरो किताब सबैले पढ्नेछन् किनकी म चर्चित छु । मेरो किताब पढेर उनीहरुले मेरो तारिफ गर्नेछन् ।’

आफ्नो २०९ पन्ना लामो पुस्तकमा जम्मा ४ पन्ना आफूले प्रेम र सम्बन्धको कुरा गरेको नवाजुद्दिनले बताएका छन् । बाँकी पन्नामा आफूले आफ्नो जीवन संघर्षको बारेमा कुरा गरेको उनले बताए । तर, मानिसहरुले त्यही सम्बन्धको कुरालाई मात्र स्थान दिएको उनको भनाई थियो ।
For More videos Log on to Mazzako TV







