सुपरस्टार रजनीकान्त र बलिउडका चर्चित नायक अक्षय कुमारको बहुप्रतिक्षित साउथ चलचित्र ‘२.०’को टिजर सार्वजनिक भएको छ । चलचित्रको टिजरमा उच्च भीएफएक्सको प्रयोग गरिएको छ । यस चलचित्र को प्रदशन मिती लाई लिएर पनि बिभिन्न समाचार आइराखेको थियो ।अन्तत यस चलचित्र लाई नोभेम्बर २९ मा रिलिज गरिंदै छ।

चलचित्रमा साउथका सुपरस्टार रजनीकान्त र बलिउडका चर्चित नायक अक्षय कुमारको साथमा नायिका एमी ज्याक्सन लाई पनि देख्न सकिन्छ ।

यो चलचित्रको टिजरमा अक्षयलाई खलपात्र र रजनीलाई नायकको रुपमा प्रस्तुत गरिएको छ । शंकरको निर्देशनमा तयार भएको यो चलचित्रमा एआर रहमानको संगीत छ ।

For More videos Log on to Mazzako TV