बलिउड अभिनेत्री सुष्मिता सेन लामो समयदेखि गुमनाम छिन्, । न कुनै फिल्म न त कुनै चारर्चा । आठ वर्षअघि आएको फिल्म ‘नो प्रोब्लम’ पछि उनी चलचित्र मा देखिएकी छैनन् । यस बिच मा न त उनले बिहे नै गरिन् । अब भने सुष्मिताले फिल्ममा कमब्याक गर्ने भएकी छिन्, । जानकारी मा आए अनुसार उनले एउटा फिल्म साइन गरिसकेकी छिन् । यसमा उनले एक प्रहरी अधिकृतको भूमिका निभाउनेछिन् । नयाँ निर्देशकले निर्देशन गर्ने यस फिल्मको नाम अझै तय भएको छैन ।

सुष्मितासँग निकटवर्तिहरुका अनुसार धेरै वटा फिल्मका स्क्रिप्ट चित्त नबुझेर फर्काइदिएपछि यो स्क्रिप्ट ओके गरेकी हुन् । फिल्ममो उनकै लिड रोल रहने छ । यसै वर्षको अन्त्यदेखि फिल्मको सुटिङ सुरु हुने बताइएको छ । फिल्मको औपचारिक घोषणा केही दिनभित्रै गरिने छ ।

सुष्मिता सेन सन् १९९४ मा मिस यूनिभर्स भएपछि बलिउडमा प्रवेश गरेकी थिइन् ।

For More videos Log on to Mazzako TV