ऐश्वर्यालाई कस्को पनौती लाग्यो ? साइन गरिसकेको फिल्मबाट निक्लिनु पर्यो
बलिउड अभिनेत्री ऐश्वर्या राय लाई करिअरको दोस्रो इनिङमा निकै सास्ती खेप्नु परिरहेको छ । पछिल्लो समय उनी एउटा फिल्म्री प्रोजेक्टबाट निकालिएकी छिन् । ‘ओ कौन थी’ नामक फिल्म उनले केही समयअगाडि नै साइन गरेकी थिइन् । तर, उनका फिल्म लगातार फ्लप भएपछि निर्माताले ऐश्वर्यालाई हटाएका छन् । उनको ठाउँमा बिपाशा बशुलाई लिएको बताईएको छ।
आफ्नो क्रेज राम्रै चम्किरहेको बेलामा ऐश्वर्या रायले अभिषेक बच्चनसँग बिहे गरिन् । बिहेलगत्तै छोरी जन्माइन् । छोरी जन्माएपछि उनले केही वर्ष ब्रेक लिइन् । छोरी हुर्काएर ऐश्वर्याले फिल्ममा पुनरागमन को प्रायस गरिरहेकी छिन् । तर, उनको दोस्रो इनिङ सन्तोषजनक हुन सकेको छैन । दोस्रो इनिङमा उनले एउटा पनि हिट फिल्म दिन सकेकी छैनन् ।

२०१५ मा ऐश्वर्याले सञ्जय गुप्ताको फिल्म ‘जज्बा’ बाट कमब्याक गरेकी थिइन् । यो फिल्मले बक्स अफिसमा कुनै चमत्कार गर्न सकेन । त्यसपछि उनले उमंग कुमारको फिल्म ‘सर्बजित’ मा अभिनय गरिन् । यो फिल्मलाई समिक्षकहरुले प्रशंसा गरे पछि हलमा पत्तासाफ भयो ।
हालै ऐश्वर्या अभिनित फिल्म ‘फन्ने खान’ प्रदर्शनमा आयो । यो फिल्मबाट उनले निकै आशा गरेकी थिइन् । फिल्ममा उनले एक गायिकाको भूमिका निर्वाह गरेकी थिइन् । तर, फिल्म बक्स अफिसमा नराम्ररी पछारियो ।
लगातार फिल्महरु फ्लप हुँदै जाँदा ऐश्वर्याको करिअरमा प्रश्नचिन्ह उठ्न थालेको छ । धेरैले आमा बनिसकेपछि उनको क्रेज समाप्त भएको विश्लेषण गरिरहेका छन् । ऐश्वर्याले सही फिल्म र सही भूमिका छनोट गर्न नसकेकै कारण उनको क्रेज पुनर्ताजगी हुन नसकेको ब ताएका छन् ।
For More videos Log on to Mazzako TV







