बलिउड अभिनेत्री नेहाले धुपियाले विवाह अगाडि नै पेट बोकेपछी हतारमा बिवाह गरेकी थिइन् । उनले प्रेमी अंगद बेदीसँग बिहे गरेकी थिइन् । करिब ४ महिना पहिले बिवाह गरेकी नेहाको अहिले पेट निकै ठूलो भइसकेको छ ।

यतिबेला उनी बढिभन्दा बढि रेस्टमा बस्नुपर्ने हो । तर, उनले आफ्नो व्यस्तता भने घटाएकी छैनन् । उनी यस्तो अवस्थामा पनि पेट हल्लाउँदै जुनसुकै कार्यक्रममा पनि पुगिरहेकी हुन्छिन् ।

नेहा हालै आफ्नो ठूलो भुँडीमा स्किन टाइट लुगा लगाएर ¥याम्पमा उत्रिइन् । साथै उनले आफ्नो च्याट शो पनि रोकेकी छैनन् । बच्चा जन्माउनु अघिसम्म आफू काम गर्न नछोड्ने नेहाले आफ्ना निकटस्थहरुलाई बताउने गरेकी छन् । बच्चा जन्माएपछि भने केही समय ब्रेक लिने उनको तयारी छ ।
उनका श्रीमान अंगद बेदीले केहि समय ब्रेक लिन दवाव दिए पनि आफ्नो कुरामा अडिक नेहा लाई श्रीमानको दबाबले पनि कुनै असर पारेन ।

For More videos Log on to Mazzako TV