बलिउडमा धेरै लाई ब्रेक दिएका सलमान खान अहिले आफ्ना बैनी ज्वाई लाई लिएर फिल्म ‘लवरात्री’ बनाउँदै छन् ।

आफ्ना ज्वाईंलाई नायक बनाएर सलमानले निर्माण गरिरहेको उक्त फिल्म कानूनी झमेलामा फसेको छ । फिल्मको ‘टाइटल’ मा आपत्ति जनाउँदै एक हिन्दूवादी वकिलले बिहारको अदालतमा मुद्दा दायर गरेका छन् । हिन्दूहरुले मनाउने नवरात्री पर्वलाई बिगारेर ‘लवरात्री’ बनाइएको भन्दै मुद्दा दिइएको हो । फिल्मलाई आउँदो नवरात्रीकै सेरोफेरोमा रिलिज गर्ने तयारीले पनि निर्माताको खराब नियत प्रष्ट हुने निवेदकले बताएका छन् । निवेदन रिटमा भनिएको छ‘सलमान खान मुस्लिम भएकाले उनले जानी-जानी हिन्दूहरुको भावनालाई ठेस पुग्ने काम गरिरहेका छन् ।

लवरात्री सलमानले आफ्नो ज्वाईं आयूश शर्मालाई हिरो बनाउनका लागि नै बनाएको फिल्म रहेको धेरै को बुझाइ छ । आयुष उनकी बहिनी अर्पिताका श्रीमान हुन् । सलमानले आफूलाई हिरो बनाउने शर्तमा नै आयूषले उनकी बहिनीसित बिहे गरेका थिए भन्ने आरोप उनलाई लागिरहेको हुन्छ ।

 

यो मुद्दामा अदालतले आउँदो १२ सेप्टेम्बरमा फैसला सुनाउने छ । अदालतले रोकेन भने फिल्म ५ जनवरीमा रिलिज हुने छ । यसअघि फिल्मको ट्रेलर रिलिज लगत्तै पनि विवाद उत्पन्न भएको थियो । आगरामा रहेको हिन्दूवादी संगठन ‘हिन्दू हि आगे’ ले फिल्मको विरोध गर्दै पोष्टर जलाएको थियो । यस संगठनको आगरा यूनिटका प्रमुख गोविन्द परासरले सलमान खानलाई पिट्ने र फिल्मको सेटमा आगजनी गर्नेलाई २ लाख भारु दिने घोषणासमेत गरेका थिए ।

 

 

 

फिल्म कानूनी झमेलामा फसेपछि सलमान चिन्तित छन् । उनले फिल्मको टाइटल सुन्दर रहेको भन्दै यसले हिन्दूहरुको भावनामा चोट नपुग्ने बताए । लवरात्रीले प्रेम लाई दर्शाउँछ । यसले कुनै पनि संस्कृतिको अपमान नगर्ने र फिल्म रिलिजपछि दर्शकहरुले सबै कुरा बुझ्नेछन् – सलमान को बिश्वास छ।’

For More videos Log on to Mazzako TV