दुबैका बाबुले दिए सहमती…कहिले हुँदैछ रणवीर,आलियाको बिहे ?
ग्ल्यामरस इंडस्ट्रीमा स्क्रीन भित्र रोम्यान्स गरेका जोडिको व्यक्तिगत जिवनमा पनि त्यस कुराले निकै प्रभाव पारिराखेको हुन्छ । त्यो कुरा चाहे नेपाली फिल्म क्षेत्र होस या त बलिउड, कालीउड नै किन नहोस् ।
पछिल्लो समय बलिउडमा अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर बिचको प्रेम सम्बन्धको कुरा ले चर्चा पाएको छ । यी दुई एकअर्कासँग डेट गइरहेको खबर भारतीय मिडियामा आइरहन्छ । तर अभिनेत्री आलिया भट्टले आफूहरू प्रेममा नरहेको बताउँदै आएकी छिन् । केही समयअघि प्रेममा नरहेको बताएता पनि यति बेला बलिउडमा यी दुईको विवाह हुन सक्ने खबरले माहोल तताएको छ ।
एक अन्तर्वातामा रणवीरका बाबु ॠषि कपुरले ‘रणवीर र आलियाको प्रेम सम्बन्धलाई सहजता दिँदै रणवीर जसलाई चाहन्छ उसैसँग विवाह गर्न सक्छ, यो रणवीरको व्यक्तिगत जिवन हो । आलियालाई रणवीरकी आमा नितु कपुर मन पराउँछिन् । म मन पराउँछु । रणवीर पनि मन पराउँछ’ भनेका थिए ।
यसअघि, आलियाको बाबु महेश भट्टले पनि यस सम्बन्धको विषयमा सहमत गरेका थिए । पिता भएको नाताले मलाई खुसी लाग्छ आलिया आफ्नो काम आफै गर्न सक्छिन् । यो उसको निजी मामला हो, जुन उनले आफैले निर्णय गरेकी छन् । यही प्रसँगमा महेश भट्टलाई आलिया र रणवीरको विवाहबारे सोध्दा उनले ‘मैले आफ्ना छोराछोरीको निजी जीवनको बारेमा कहिल्यै कुरा गरिनँ।” मलाई लाग्छ कि उनीहरू सानै छन् तर यो उनीहरूको अधिकार भएको बताएका थिए ।
रणवीर र आलियाको प्रेम सम्बन्धको बारेमा उनिहरु खुलेर नआएपनि यस कुराले निकै चर्चा बटुलिरहेको छ । अहिले उनिहरु आगामी चलचित्र ‘ब्रह्मामास्त्र’को सुटिङमा व्यस्त छन् ।