बलिउडका चक्लेटी हिरो शाहिद कपुर र उनकी पत्नी मिरा राजपुतलाई पुत्रलाभ भएको छ । उनीहरुले दोस्रो सन्तानका रुपमा छोरालाई जन्म दिएका हुन् ।

मुम्बईको हिन्दुजा अस्पतालमा मिराले ५ सेप्टेम्बर बुधबारको दिन छोरा जन्माइन् । उनलाई व्यथा लागेपछि बुधबार नै सो अस्पतालमा भर्ति गरिएको थियो । मिराले यसअघि २०१६ को अगष्ट २६ मा पहिलो सन्तानको रुपमा छोरी मिसालाई जन्म दिएकी थिइन् । शाहिद र मिराको बिहे २०१५ को ७ जुलाईमा भएको थियो ।

शाहिदले यही बर्ष अप्रिल २० मा इन्स्टाग्राममा उनिहरुले आफ्नो दोस्रो सन्तानको आगमन हुने खबरले खुशी भएको भनेर पोस्ट गरेका थिए ।पहिलो सन्तान मिशा आफु ठुली दिदी बन्दै गरेको लेखिएको फोटो शाहीद र मिराले समाजिक सन्जालमा राखेका थिए । गर्भबती भएदेखीनै पछिल्लो समय शाहिद कपूरले मिरा सँग निकै समय बिताईरहेका छन्।

For More videos Log on to Mazzako TV