छोराको अगाडि विकिनी लगाएकी करिनाको बन्यो फेरी ट्रोल
सामाजिक सञ्जाल यस्तो प्ल्याट्फर्म भएको छ जहाँ सामान्य मानिसको पहुँच सेलिब्रिटीहरु सम्म पनि हुने गर्छ । सेलिब्रिटीहरुको सानो भन्दा सानो गल्ती लाई खन्डन गर्न मान्छेहरु कुरेर बसीराख्या हुन्छन । उनीहरुका सानो–सानो कुराहरुलाई लिएर ट्रोलरहरुले सामाजिक सञ्जालमा आगो बाल्छन् ।
बलिउड अभिनेत्री करिना कपुरको अहिले त्यही हालत भएको छ । उनी हाल माल्दिभ्समा पति सैफ अली खान, छोरा तैपुर र नन्द सोहा अली सँग छुट्टि मनाइरहेकी छन् । सोहाले हालै इन्स्टाग्राममा एउटा तस्वीर राखेकी थिइन्। तस्वीरमा सबैजना स्वीमिङ पुलमा मस्ति गरिरहेका देखिन्छन् । करिना र सोहा बिकिनीमा छन् भने सैफले तैमुरलाई बोकेका छन् । यही तस्वीरलाई लिएर सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।
ट्रोलरहरुले गरेका कमेन्टमा सोहाले कुनै प्रतिक्रिया जनाइनन् । बरु थप केही तस्वीरहरु हालिन् । एउटा तस्वीरमा सैफ र करिना छन्, जहाँ करिनाले विकिनीमाथि आउटर लगाएकी छन् ।
ट्रोलगर्नेहरुले एउटा बालकको अघी त्यसरि किन प्रस्तुत भएको भनेर करिनाको खेदो गरेका हुन् । उनीहरुले करिनालाई ‘लाज पचेकी’ सम्म भनेका छन् । करिना बाहेक अरुको बारेमा भने खासै प्रश्न उठाईएको छैन ।
For More videos Log on to Mazzako TV