करोडपती प्रियंकाको ससुरा कसरी कङ्गाल हुँदै छन् ?
प्रियंका चोपडाका हुनेवाला ससुरा पल जोनस आर्थिकरुपमा निकै दयनिय अवस्थामा पुगेका छन्। पलका छोरा निक जोनस र प्रियंकाको विवाहको बिषय निकै चर्चामा छ । पल न्यूजर्सीमा रहेको कन्ट्रक्सन र रियल स्टेट कम्पनीका मालिक हुन् ।
समाचार अनुसार पलको यस कम्पनी अहिले ऋणमा डुबेको छ । यसले १० लाख डलरभन्दा बढि ऋण तथा २ लाख ६८ हजार डलर जरिवाना तिर्न सकेको छैन । यो ऋणबाट छुट्कारा पाउनका लागि पलले आफ्नो कम्पनीसहित भएभरको सम्पत्ति बेच्ने तयारी गरेका छन् ।

पलका तीन छोरा गायक हुन् । सेलिब्रिटी नेट वर्थको एक रिपोर्टअनुसार उनका छोरा तथा प्रियंकाका हुनेवाला श्रीमान निकको कुल सम्पत्ति २ करोड ५० लाख डलर छ । त्यसैगरी अर्का छोरा केविनको २ करोड तथा जोको १ करोड ८० लाख डलर छ । सबैभन्दा साना छोरा फ्रेंकीसँग पनि ३० लाख बराबरको सम्पत्ति छ । यता निककी प्रेमिका प्रियंका पनि कम छैनन् , उनीसँग ७५ करोड भारु बराबरको सम्पत्ति छ । प्रियंकालाई फोब्र्सले २०१७ कि मोस्ट पावरफुल वुमनको सुचीमा समेत राखेको थियो ।
For More videos Log on to Mazzako TV







