श्रद्धा कपुरको करिअरमा धेरै पछीको हिट ‘स्त्री’
बलिउड नायिका श्रद्धा कपुरको करिअरमा शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘स्त्री’ले ठुलो राहत दिएको छ । यस अघी उनले खेलेका चलचित्रले खासै बक्स अफिसामा कमाल गरेको थिएन ।
श्रद्धा बक्स अफिसमा असफल हुँदा बलिउडमा उनलाई चल्तिका नायिकाको स्थान बाट तल झारिएको चर्चा हुन थालेको थियो । तर, हरर कमेडी चलचित्रले उनको करिअरलाई पुनर्ताजगी गरेको छ ।
चलचित्र ‘स्त्री’को बक्स अफिस को कुरा गर्ने हो भने, यसले शुक्रबार करिब ७ करोडको कमाई गरेको थियो भने शनिबार १0 .८७ करोडको कमाई गरेको थियो । आइतबार चलचित्रले १४.५७ करोडको कमाई गर्यो । सोमबार चलचित्रको व्यापार ४ देखि ५ करोडमा झर्ने आँकलन गरिएको थियो ।
तर, सोमबार यो चलचित्रले ९.७० करोडको कमाई गरेको थियो । वर्ड अफ माउथ निकै गतिलो पाएको यो चलचित्रले ४ दिनमै ४१.९७ करोड कमाई गरिसकेको छ । राजकुमार राव र श्रद्धा कपुर अभिनित उक्त चलचित्र ४ दिनमै बक्स अफिसमा सुपरहिट भैसकेको छ ।
For More videos Log on to Mazzako TV