बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको पछिल्लो चलचित्र ‘ह्याप्पी फिर भाग जायगी’ फ्लप भएपछी उनि तनाबमा छिन् । पछिल्ला चलचित्रहरु एकपछि अर्को गर्दै फ्लप भइरहँदा उनको करियर ग्राफ ओरालो लागेको हो ।

धेरै आशा गरेको उक्त चलचित्र बक्स अफिसमा निराशाजनक व्यापार गरेपछी उनि चिन्तित भएकी हुन्। ‘ह्याप्पी भाग जाएगी’ को सिक्व्वेलका रुपमा बनेको ‘ह्याप्पी फिर भाग जायगी’ को लागत २५ करोड रुपैयाँ छ । जबकि फिल्मले पहिलो हप्तामा १८ करोड भारु मात्रै कमायो । शुक्रबारबाट नयाँ दुई फिल्म रिलिज भइसकेकाले ह्याप्पीको यात्रा अब अगाडि बढ्न सक्ने छैन । त्यसले लागत उठाउन यो फिल्म असफल भयो ।

सलमान खानसँग ‘दबंग’ खेलेर चर्चामा आएकी सोनाक्षी सिन्हा प्रख्यात अभिनेता सत्रुधन सिन्हाकी छोरी हुन्। दबंगपछिका केहि फिल्म उनका राम्रै चले तर पछिलो केहि बर्ष देखी उनले खासै हिट फिल्म दिन सफल रहिनन् । जसका कारण यतिबेला उनलाई सफल चलचित्रको खडेरी परेको छ

For More videos Log on to Mazzako TV