अभिषेक बच्चनसँग विवाह गरेदेखीनै ऐश्वर्या रायको करिअर ओरालो लागिरहेको छ । न त उनका पती अभिशेकको करिअर मै कुनै चमत्कार भएको छ ।

ऐश्वर्याको पछिल्लो फिल्म ‘फन्ने खान’ फ्लप भयो । त्यस भन्दा अगाडि उनका दुई फिल्म ‘सरबजित’ र ‘जज्बा’पनि सफल भएनन् । फ्लप फिल्मको ह्याट्रिक गरेपछि ऐश्वर्याको करिअरमै प्रश्नचिन्ह लागेको छ ।

अभिषेकको अवस्था त झन् नाजुक छ । चार वर्षसम्म उनले कुनै पनि फिल्म पाएनन् । त्यसपछी अहिले बल्लतल्ल ‘मनमर्जिया’ पाएका छन्, तर यो फिल्मले पनि कुनै प्रभाब पार्ने छाँटकांठ देखिएको छैन ।

यही बिच एक निर्माताले यि रियल जोडी लाई आफ्नो फिल्ममा अनुबन्धित गर्ने भए । उक्त फिल्मको नाम थियो, ‘गुलाब जामुन’ । ठिक यही समयमा ऐश्वर्यालाई धेरै पछी राम्रो अफर आयो प्रख्यात निर्देशक सञ्जय लिला भन्सालीको आगामी फिल्मका लागि ।

डुब्दै गरेको करिअर बचाउने ऐश्वर्याका लागी यो मज्जाको अफर थियो । तर ऐश्वर्या धर्मा संकट मा परिन्, पति अभिषेकसँग फिल्म खेल्ने कि भन्सालीको फिल्म स्वीकार गर्ने । एउटै समयमा दुबै फिल्मको सेड्यूल भएकाले उनले दुवै फिल्म स्वीकार गर्ने सम्भावना भएन । अन्ततः उनले पतिसँग खेल्नका लागि भन्सालीको अफर अस्विकार गरिदिइन् ।

For More videos Log on to Mazzako TV